आज गुरुङ जातिको पर्वमा बाहुन–क्षेत्रीलाई पनि सार्वजनिक बिदा

काठमाडौं – गुरुङ समुदायका व्यक्तिले नयाँ वर्षलाई स्वागत गर्दै आज मंगलबार मनाउने तमु ल्होसार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।संघीय सरकारले जाति विशेषका पर्वमा सम्बन्धित जातिलाई मात्रै बिदा हुने व्यवस्था गरेपनि गण्डकी प्रदेश सरकारले बाहुन–क्षेत्री लगायत सबै जातिलाई सार्वजनिक बिदा दिएको हो ।

गुरुङ समुदायले आज तमु ल्होसार धुमधामका साथ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको मान्यता रहेको छ । यो गुरुङ समुदायको मौलिक पर्व हो ।ल्होसार पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते ल्होसार पर्व मनाउने गरिएको विश्वास रहेको छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ र शेर्पा समुदायले ल्होसार पर्व मनाउने गरेका छन् ।गुरुङ समुदायले देशभर सबैलाई सार्वजनिक बिदा दिन माग गरेपनि संघीय सरकारले सुनुवाइ गरेन । प्रदेश सरकारले भने पूर्ववत् निर्णय अनुसार नै आज सबैलाई सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *